3.jpg)
नेप्सेमा सुधार,४४ अंकले बढेको बजारमा एक अर्बको कारोबार
साताको आज मंगलबार थप ४४.१६ अंकले बढ्दै २३ सय १३ विन्दुमा बढेको छ । यस दिन सबै उपसूचकहरु धनात्मक भएर सेयर बजार नै हरियाली बनेको छ । तर आकर्षक रुपमा बढिरहेको बजारमा कारोबार रकम भने आजपनि बढ्न सकेको छैन |
आजको दिन पनि सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.२७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ (व्यापार) समूहको उपसूचक जम्मा ०.७ प्रतिशतले मात्र बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ४४ अंकमाथिले नेप्से सूचक बढेको यस दिन जम्मा एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँको मात्र कारोबार भएको हो ।