श्रावण २१, २०८२
निरन्तर घट्दो क्रममा नेप्से

निरन्तर घट्दो क्रममा नेप्से

नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन घटेर बन्द भएको छ।

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक २८.४० अंक घटेर २०१९.८५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६३ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ।

अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६५ स्टकको ७४ हजार २५७ पटकको कारोबारमा १ अर्ब ७३ करोड ७० लाख रुपैयाँ बराबरको ४८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।