पुस ८, २०८१
विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै

विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ ।

नामिबिया भ्रमणमा रहेको नेपालले आज चौथो खेल खेल्न लागेको हो ।

नेपाल र स्कटल्यान्डबीचको खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ ।

यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी छन् । हिजो भएको तेस्रो खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भयो।

त्यस्तै नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहिन हुँदा एक/एक अङ्क बाँडेका थिए ।

अर्को खेलमा नेपाल स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको थियो । ७ टोली सहभागी विश्व कप लिग–२ मा स्कटल्यान्ड ३१ खेलमा ४४ अङ्ककासाथ शीर्ष स्थानमा छ । नेपाल २३ खेलमा १८ अङ्कसहित छैटाैँ स्थानमा रहेको छ ।