पुस ९, २०८१
सरकारले अस्पताल तथा स्वास्थ्य संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय

सरकारले अस्पताल तथा स्वास्थ्य संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार शनिबार र आइतबार लगातार बिदापछि पनि अर्को सार्वजनिक सार्वजनिक बिदा परेको खण्डमा सो दिन स्वास्थ्य संस्था तथा अस्पतालहरू बन्द नरहने जानकारी दिईएको छ  । 

 प्रकाशित सूचनामा सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ५:३० बजेसम्म निर्धारण गर्ने उल्लेख गरिएको छ  भने सरकारले परीक्षणका रुपमा वि.स २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेको छ  ।

 त्यस्तै , सार्वजनिक विदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा विदा दिने गरी सम्बन्धित निकायले कर्मचारी व्यवस्थापन गर्ने उल्लेख गरिएको हो ।