माघ २१, २०८२
डाेटीकाे पूर्वीचाैकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते

डाेटीकाे पूर्वीचाैकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते

 कैलालीकाे धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेकाे छ  । 

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल सम्म पुर्‍याइएकाे हो । दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन| कम्तिमा २५ जना घाइते भएकाे र अन्यलाई अस्पताल ल्याउन थालिएको भट्टले जानकारी दिएका छन  ।