त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कुनैपनि निकायमा आइतबार विदा नहुने
त्रिभुवन विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले जेठ १ गते आइतबार एक सूचना प्रकाशित गर्दै विश्वविद्यालयका कुनैपनि निकायमा आइतबार विदा नहुने जानकारी दिएको छ ।
त्यसैगरी स्वास्थ्य सेवा दिने शिक्षण अस्पतालहरुमा पनि असर गर्ने भएको कारण दुई दिन विदा दिन नसकिने भन्दै विदा दिन अस्वीकार गरेको छ ।
नेपाल सरकारले परीक्षणको रूपमा संवत् २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने गरी सूचना प्रकाशित गरेको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको हो | पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको हुनाले विश्वविद्यालयको पाठ्यक्रमको संरचनासमेत कार्य दिनलाई ध्यानमा राखेर निर्माण भएको हो |