माघ २१, २०८२
झापामा  अवैध सुनसहित १ जना पक्राउ

झापामा अवैध सुनसहित १ जना पक्राउ

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल छेउबाट ३४९.७०० ग्राम सुनसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली घर भई दमक नगरपालिका–२ मा बसोबास गर्दै आएका ३३ वर्षीय धिरेन्द्र जैसी रहेका जानकारी आएको छ |

 पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाइएको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ  ।