पुस ८, २०८१
डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ६७ पैसा पुगेको छ | यस्तै, बिक्रीदर ​१२४ रुपैयाँ ०७ पैसा रहेको बैंकले जनाएको हो ।

अस्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैयाँ ९० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९० पैसा र बिक्रीदर ९७ रुपैयाँ २० पैसा रहेको छ । 

 यता साउदी अरवियन रियाल आज एकको खरिददर ३३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा पुगेको  छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३४ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ  ।