माघ २१, २०८२
 बूढानीलकण्ठ नगरपालिका–१३ वाट  डलर र कौडासहित छ जुवाडे पक्राउ

बूढानीलकण्ठ नगरपालिका–१३ वाट डलर र कौडासहित छ जुवाडे पक्राउ

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ जनालाई पक्राउ गरेको छ |

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले धितालथोककी २५ वर्षीया गीता दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकासँग प्रहरीले रु २३ हजार ३६० नगद र तीन बुक तास बरामद गरेको छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको  छ ।