पोखराबाट जोमसोस उडेको तारा एयरको विमान सम्पर्कबिहिन , दुर्घटना भएको आशंका
पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो ।
तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरित मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ । बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।
मुस्ताङको लेते नजिकै पर्ने टिटी भन्ने स्थानमा तारा एयरको विमान दुर्घटना भएको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी रामकुमार दानीले टिटीमा ठूलो आवाज आएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेको जानकारी दिए ।
त्यहाँ उद्दारका लागि हेलिकप्टर पठाउने तयारी भएको डीएसपी दानीले बताए ।