माघ २१, २०८२
भरतपुरमा रहेका १८ कैदीले आम माफी पाए

भरतपुरमा रहेका १८ कैदीले आम माफी पाए

पन्ध्रौँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ कैदीले आम माफी पाएका छन् । १५ पुरुष र तीन महिलाले आममाफी पाएका हुन् ।  कार्यालयका प्रमुख कमलप्रसाद आचार्यकाअनुसार आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका चार, कर्तव्य ज्यान मुद्दाका पाँच, चोरी मुद्दाका पाँच र बहुविवाहका चार रहेका छन् । त्यसैगरी  उनीहरुमध्ये १५ जना ५० प्रतिशत कैद भुक्तान गरेका र तीन जना ४० प्रतिशत कैद भुक्तान गरेका रहेका छन् । 

विभिन्न अवसर पारेर गरिने सिफारिसमा राष्ट्रपतिमार्फत आममाफी दिने प्रचलन रहेको छ ।  यस कारागारमा दुई आश्रित बालिकासहित ७४१  कैदी बन्दी छन् । २५५ को क्षमता रहेको पुरुष बन्दी गृहमा हाल ६८७ र २५ को क्षमता रहेको महिला बन्दी गृहमा ५२ रहेको जानकारी आएको छ |