बलात्कार गरेको आरोपमा तीन जना पक्राउ
बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार तिन जनालाई पक्राउ गरेको हो ।
त्यसैगरी प्रहरीका अनुसार बर्दियाका दुई जना र पाल्पामा एक गरी तीन जना बलात्कारको आरोपमा पक्राउ गरेका हुन् ।
प्रहरीले बर्दियाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही जिल्लाको ४४ वर्षीय कृष्णबहादुर कामीलाई पक्राउ गरेको जानकारी दिएको छ । उनले बालिकालाई सोमबार बलात्कार गरेको कुरा बाहिर आएको छ |
यस्तै पाल्पाकी १९ वर्षीया किशोरीलाई बलात्कार गर्नेमा तिनाउ गाउँपालिका–५ बस्ने ४१ वर्षीय वीर बहादुर पौडेल क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।