पुस ८, २०८१
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैँयाले घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैँयाले घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको छ । यो समायोजनसँगै यी तीनै पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले विज्ञप्ति निकाल्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैँया मूल्य घटेको उल्लेख गरेको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७०रुपैँया र डिजेल तथा मट्टितेलको मूल्य १ सय ५३ रुपैँया पर्नेछ ।

सरकारले १० रुपैँया पूर्वाधार कर घटाएसँगै मूल्य पनि घटेको हो । पेट्रोल, डिजेल तथा मट्टितेलको प्रतिलिटर १० रुपैँया मूल्य घटेको छ ।