पुस ८, २०८१

होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा रोक

होटल एशोसिएशन नेपालका उपाध्यक्ष विनायक शाहले दिनप्रतिदिन बढिरहेको जलवायु परिवर्तनले गर्दा मानिसको जीवनमा र यसको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोक लगाएको  बताएका छन् ।

  होटल एशोसिएशन नेपालले यही जेठ १८ गतेबाट होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग बन्द गर्ने अभियान सञ्चलन गरेको हो  ।

जलवायु परिवर्तनमा सबैभन्दा धेरै असर प्लाष्टिकका कारण भएको भन्दै उनले प्रदूषण घटाउने, क्लाइमेट चेन्जको असरलाई कम गराउँदै जाने लक्ष्यका साथ यो अभियान थालेको बताएका हुन् ।

 उनले २०२४ सम्ममा होटलमा आउनेहरुलाई प्लाष्टिकजन्य वस्तु बिना  सेवा दिने काम सफल गर्ने लक्ष्य रहेको जानकारी पनि दिएका छन  ।