ग्यास सिलिन्डर पड्किँदा तनहुँमा आज एक बालिकाको मृत्यु
ग्यास सिलिन्डर पड्किँदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ |
मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी १२ वर्षीय सुभेक्षा केसी क्षेत्री रहेकी छिन् ।
सिलिन्डर ग्यासमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताएका छन ।
मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको उनले जानकारी दिएका हुन् |
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९