पुस ८, २०८१
चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा  २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु

 चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कँदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरुको मृत्यु भएको हो |

बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने  यस्तै गैँडाको आक्रमणबाट छ र जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको सूचना अधिकारिले  जानकारी दिएका हुन्   ।

सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको हो |