माघ २०, २०८२
सुर्खेतमा चार दिनदेखि हराएकी एक बालिकाको शव फेला

सुर्खेतमा चार दिनदेखि हराएकी एक बालिकाको शव फेला

 गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ बर्षीय बालिका ग्रीस्मा विक मृत अवस्थामा फेला परेको जानकारी आएको छ | बालिका  नेपाली काँग्रेस पार्टीको  कार्यक्रममा हजुरआमासँगै गएको र सोहि ठाउँवाट  वेपत्ता भएकी हुन् ।

 जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले शव घरदेखि झण्डै एक सय मिटर दुरीमा मंगलबार बिहान फेला परेको जानकारी दिएका छन |