असार १५ गते कर्णालीमा जुम्ला बाहेक नाै जिल्लामा सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने भएको छ ।
सरकारले राष्ट्रिय धान दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएकाले प्रदेश सरकारले जुम्ला बाहेक नाै जिल्लामा मात्रै सार्वजनिक बिदा दिएको हाे ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार २०७८ चैत २९ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।