सेयर बजार नेप्सेमा ४१ अंकमाथिको सुधार
नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ४१.३९ अंकले बढ्दै नेप्से सूचक १९६२.७१ अंकमा पुगेको छ|
आज ४१ अंकमाथिले बढेको बजारमा आज १ अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ट्रेडिङ समूहको उपसूचक अधिकतम ६.५६ प्रतिशतले बढेको छ भने विकास बैंक समूह ४.४३ प्रतिशतले, फाइनान्स समूह ४.१४ प्रतिशतले, हाइड्रोपावर समूह ३.९३ प्रतिशतले, अन्य समूह ३.५९ प्रतिशतले र होटल तथा पर्यटन समूह ३.४६ प्रतिशतले बढेको हो |
आज सबैभन्दा बढी आधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले १० प्रतिशतलेनाफा कमाएका छन |