नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २१ सय अंकले बढ्यो
आज भोलिको पछिल्लो समय निरन्तर उच्च अंकले वृद्धि भइरहेको नेप्से परिसूचक आज पनि ५७ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन नै नेप्से परिसूचकमा उच्च अंकको सुधार आएको छ ।
नेप्से परिसूचक २ हजार ८६ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज २ अर्ब ४८ करोड रुपैयाँ बराबरको ६२ लाख २७ हजार कित्ता सेयर किनबेच भएको स्रोतले जानकारी दिएको छ |
आज नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा उल्लेख्य सुधार आएको छ भने जसमध्ये उत्पादनमूलक समूहमा २५० अंकको वृद्धि आउँदा निर्जीवन बीमा कम्पनी समूहमा १८१ अंकको सुधार आएको नेप्सेले जानकारी दिएको हो |