पुस ८, २०८१
आईपीओ भर्दा ५ रुपैयाँ भन्दा बढी सि–आश्वा शुल्क लिन नपाउने

आईपीओ भर्दा ५ रुपैयाँ भन्दा बढी सि–आश्वा शुल्क लिन नपाउने

नेपाल धितोपत्र बोर्डले सि–आश्वा शुल्क घटाउने भएको छ। भदौ ५ गते, आइतबार बसेको बोर्डको बैठकमा सो प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिएका छन्।

उनका अनुसार अब ५ रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरिनेछ। यो निर्णय चाँर्ड कार्यान्वयनमा ल्याउले पनि उनले बताएका छन्।

५ रुपैयाँ शुल्कमा १ रुपैयाँ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकले पाउने छ भने १ रुपैयाँ सिडिएस एण्ड क्लियरिङले पाउनेछ। अधिकतम शुल्क ५ रुपैयाँ तोकिएपनि सोभन्दा कम लिन सक्ने वा निःशुल्क पनि गर्न सकिने उनले बताए।

बैंक तथा वित्तीय संस्थाले आईपीओ भर्दा अधिकतम् १०० रुपैयाँसम्म शुल्क लिँदै आएका थिए । यद्यपि केही बैंकहरुले भने निःशुल्क सेवा दिँदै आएका थिए

‘धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाहरुलाइ लगानीकर्ताप्रति उत्तरदायी बनुन भन्ने उद्देश्यले यो निर्णय गरिएको हो,’ सेबोन अध्यक्ष रमेश हमालले बताए।