जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
काठमाडौं महानगरपालिका–३२ काँडाघारीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
काभ्रे नमोबुद्ध नगरपालिका–९ घर भई हाल सूर्यमुखी चोक डेरा गरी बस्ने ४९ वर्षीय सन्त सिंह लामाको कोठामा जुवातास खेलिरहेका उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी विभाग काँडाघारीबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ७८ हजार ५ सय ४० रूपैयाँ र २४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
