धेरै ठाउँमा बिहानैदेखि कुहिरो, आन्तरिक र बाह्य दुवै उडान प्रभावित
देशका धेरै ठाउँमा बिहानैदेखि कुहिरो लागेको छ ।
पहाडी क्षेत्र र तराईका जिल्लामा कुहिरो लागेकाले भिजिबिलिटी घटेको मौसम विभाग ले जानकारी गरायको छ ।
मौसम विभागका अनुसार काठमाण्डौको बिहानको भिजिबिलिटी ५ सय मिटरमा झरेको छ । कुहिरो हट्न थालेसँगै बिस्तारै भिजिबिलिटी बढ्न थालेको छ ।
तर, विमान उडान र अवतरण हुने गरी अझै मौसम खुलेको छैन । भिजिबिलिटी घटेकाले अहिले आन्तरिक र बाह्य दुवै उडान ठप्प भएका छन् ।
काठमाण्डौको त्रिभुवन विमानस्थलबाट उडान सुरु गर्न सामान्यतया उडानका लागि भिजिबिलिटी ३ हजार मिटरको चाहिन्छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घटेकाले उडान ठप्प भएको छ ।
भिजिबिलिटी बढेपछि उडान सुरु गर्ने कार्यालयले जनाएको छ।