पोर्चुगल र ब्राजिल अन्तिम १६ मा
विश्व कप फुटबलमा पोर्चुगल र ब्राजिल अन्तिम १६ मा प्रवेश गरेका छन् ।
आज बिहान भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो । पोर्चुगलका ब्रुनो फर्नान्डेसले खेलको ५४औँ र अन्तिम इञ्जुरी समयमा गरी दुई गोल गरे । पोर्चुगल एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुगेको हो ।
यस्तै गएराति भएको खेलमा ब्राजिलले स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम १६ मा पुगेको छ ।
ब्राजिलका क्यासेमिरोले खेलको ८३औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । ब्राजिलले पहिलो खेलमा सर्बियालाई २–० गाेलले हराएको थियो ।
लगातार दोस्रो जितसँगै पोर्चुगलले ६ अङ्क जोडेको छ । यस्तै ब्राजिलले २ खेलमा ६ अङ्क जोडेको छ ।
कतारमा चलिरहेको विश्व कप फुटबलमा यसअघि नै फ्रान्स अन्तिम १६ मा पुगिसकेको छ।