निरन्तर ओरालो लाग्यो नेप्से
निरन्तर ओरालो लाग्यो नेप्से
गत सोमबारदेखि ओरालो लागेको नेप्सेले आजको दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।
बुधबार नेप्से परिसूचक १६.६१ अंक घटेर १९१७.२८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक घटेको छ।
बुधबार २४६ स्टकको २० हजार ३१ पटकको कारोबारमा १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार रुपैयाँ बराबरको ८० लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन सानिमा बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको बुधबार ६७ करोड २ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी शिवम् सिमेन्ट्सको १३ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने नबिल बैंकको साढे ४ करोडको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ।