पुस ८, २०८१
नामिबियाद्वारा  २ सय ७६ रनकाे लक्ष्य नेपाललाई

नामिबियाद्वारा २ सय ७६ रनकाे लक्ष्य नेपाललाई

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियाले नेपाललाई दुई सय ७६ रनकाे लक्ष्य दिएकाे छ ।

वान्डेरर्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नामिबियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७५ रन बनायाे ।

नामिबियाका लागि माइकल भान लिन्गेनले शतकीय पारी खेले । उनले एक सय ११ बलमा १५ चाैका र एक छक्का प्रहार गर्दै एक सय १९ रन बनाए । यस्तै गेरहार्ड इरासमसले ५३ र जान निकाेल लाेफ्टी एटनले ४० रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले चार विकेट लिए । 

नामिबियामा भइरहेको यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । 

सात टोली सहभागी विश्व कप लिग–२ मा ३१ खेल खेलेकाे स्कटल्यान्ड ४४ अङ्कका साथ शीर्ष स्थानमा छ  भने नामिबिया २९ खेलमा ३५ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपाल २२ खेलमा १८ अङ्कसहित छैटाैँ स्थानमा रहेको छ ।