विश्वका सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाए एलन मस्कले
अमेरिकी बिजनेस म्यागेजिन फोर्ब्सले सन् २०२२ का लागि विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गरेको छ।
जसअनुसार ट्विटर र टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधि गुमाएका छन्।
सन् २०२१ मा फोर्ब्सले मस्कलाई विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधि दिएको थियो। मस्क ३०२ बिलियन डलरको साथ शीर्ष स्थानमा थिए। उनले अमेजनका संस्थापक जेफ बेजोसलाई प्रतिस्थापन गरेका थिए।
फोर्ब्सका अनुसार मस्कलाई लक्जरी ब्रान्ड लुईस भिटनको प्रमुख कम्पनी एलभिएमएचका प्रमुख कार्यकारी बर्नार्ड अर्नाल्टले प्रतिस्थापन गरेका छन्।
बर्नार्ड अर्नाल्टलाई आधुनिक लक्जरी फेसन उद्योगको गडफादर मानिन्छ। उनी विश्वको सबैभन्दा ठूलो फेसन समूह लुईस भिटन मोएट हेनेसी (एलभिएमएच) का संस्थापक, अध्यक्ष र सबैभन्दा ठूलो शेयरधनी हुन्।
अर्नाल्ट १८५.३ बिलियन डलरको कुल सम्पत्तिका साथ फोर्ब्सको सूचीमा शीर्ष स्थानमा पुगेका छन्।