असार २७, २०८२
राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आयोः सांसद शर्मा

राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आयोः सांसद शर्मा

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको बताएका छन्। 

संसदीय सुनुवाइ समितिको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सोमवार समितिको बैठकमा सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति सिंह थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रस्तुत गर्ने कार्यसूचि रहेको छ।

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश थापाले कार्ययोजना प्रस्तुत गर्नुभएसँगै बोल्दै सांसद शर्माले यसलाई सच्याउने योजना के छ ? भन्दै प्रश्न गरे। उनले समाज अहिले विचार विहिनताको अवस्था रहेको बताए। यसले आम नागरिकमा एउटा निराशा उत्पन्न भइरहेको बताए। लोकतन्त्र एउटा वर्ग र जातिको मात्रै हुनु नहुने बताए। 

सांसद शर्माले न्यायाधीशले गल्ती गर्न नहुने तर कसैसँग बोल्नै नहुने भन्नै नरहेको बताए।