श्रावण २३, २०८२
गण्डकीमा ३४ कोरोना सङ्क्रमणमुक्त

गण्डकीमा ३४ कोरोना सङ्क्रमणमुक्त

यस अवधिमा पोखरा महानगरपालिका–२६ का ५६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार निजसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३९६ पुगेको छ । निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५२५ जना र होम आइसोलेशनमा ४२१ जना रहेका छन् ।