पुस ९, २०८१
कोप–२६ मा कोइला विस्थापनका लागि १९० राष्ट्र तथा संस्था सहमत

कोप–२६ मा कोइला विस्थापनका लागि १९० राष्ट्र तथा संस्था सहमत

जलवायु परिवर्तनका लागि कोइला प्रमुख कारक तत्व भएकोले सहमतिमा हस्ताक्षर गरेका राष्ट्रहरूले अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा कोइला प्रयोग हुने ऊर्जा उत्पादनमा हुेने सबै किसिमका लगानी अन्त्य गर्ने प्रतिबद्धता गरेका छन् । उनीहरूले सन् २०३० को दशकमा धनी राष्ट्रमा र सन् २०४० को दशकमा गरिब राष्ट्रमा कोइला ऊर्जालाई विस्थापित गर्न पनि सहमत भएका छन् । बेलायतका व्यापार र ऊर्जामन्त्री क्वासी क्वार्टेन्ङले भन्नुभयो, “कोइलाको अन्त्य अवश्यम्भावी देखिएको छ र कोइलाको भविष्य निर्धारण गर्ने, पर्यावरणलाई अँगाल्ने र स्वच्छ ऊर्जा प्रयोग हुने भविष्य निर्माण गरेर आर्थिक लाभ लिने विषयमा विश्व उचित दिशामा अगाडि बढिरहेको छ ।” सोसम्बन्धी विज्ञप्तिमा ४० भन्दा बढी राष्ट्रले हस्ताक्षर गरेका छन्। पोल्यान्ड, भियतनाम र चिलीसहित १८ राष्ट्रले पहिलो पटक कोइला विस्थापित गर्ने र त्यसमा थप लगानी नगर्ने प्रतिबद्धता जनाएको बेलायती अधिकारीले पुष्टि गरेका छन् । तर बेलमायतका छाया व्यापारमन्त्री एड मिलिबान्डले राष्ट्रिय रूपमा कोइलाको प्रयोग नबढाउने प्रतिबद्धता व्यक्त नगरेका कतिपय मुलुक र प्रमुख कोइला प्रयोगकर्ताका कारण त्यसमा ठूलो खाडल देखिएको बताउनुभयो ।