पुस ९, २०८१
यातायात कार्यालयमा मुख्यमन्त्री शाहीको आकस्मिक निरीक्षण

यातायात कार्यालयमा मुख्यमन्त्री शाहीको आकस्मिक निरीक्षण

मुख्यमन्त्री शाहीसँग सेवाग्राहीहरूले अनुसूचि फारम कार्यालयले भर्न नदिएको, दलालमार्फत अनुसूचि फारम भर्दा १५ रूपैयाँ लाग्ने फारमलाई १०० रूपैयाँ लिने गरेको, पैसा तिर्नका लागि पनि घण्टौंसम्म लाईनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गरेका थिए ।सेवाग्राहीका गुनासा सुनेपश्चात् मुख्यमन्त्री शाहीले अनलाइनमार्फत शुल्क तिर्ने व्यवस्था तत्काल मिलाउन, आवश्यक जनशत्ति प्रदेश सरकारसँग माग गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए । उनले कार्यालय आफैँले गर्न सक्ने कामसमेत नभएको भन्दै तत्काल सुधार र सेवाका कामलाई अघि बढाउन निर्देशन दिए ।

मुख्यमन्त्री शाहीले सेवाग्राहीका गुनासा सम्बोधनका लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग पनि छलफल गरेका थिए ।उनले यातायात कार्यालय बाहिर अनुसूची फारम भर्ने प्रयोजनका लागि खोलिएका अवैध पसल तत्काल बन्द गर्न, सवारी साधन र पार्किङको व्यवस्था मिलाउन निर्देशन दिए र मुख्यमन्त्री शाहीको निर्देशनलगत्तै जिल्ला प्रशासन कार्यालयले यातायात कार्यालय बाहिरका पसल तत्काल हटाउन तथा ट्राफिक व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ ।