माघ २१, २०८२
स्रोत नखुलेको २० लाख नगदसहित एक जना पक्राउ

स्रोत नखुलेको २० लाख नगदसहित एक जना पक्राउ

वीरगंज महानगरपालिका–८ घण्टाघरबाट बारा बिश्रामपुर गाउँपालिका–५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साहलाई नगदसहित प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.४८ प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।