माघ २१, २०८२
अढाई वर्षीया बच्चीको बलात्कारपछि हत्या

अढाई वर्षीया बच्चीको बलात्कारपछि हत्या

निदोर्ष बच्चीलाई बलात्कार गरी दर्दनाक हत्या गर्ने एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। सुरत शहरको पाण्डेसरा थाना क्षेत्रमा आउने बडौद इलाकामा दीवालीको रात अढाई वर्षीया बच्ची बेपत्ता भएकी थिइन्। त्यसपछि परिवारजनले खोजी शुरु गरेको थियो।खोजी गर्दा पनि नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो। ४ तारिखमा हराएकी बालिकाको खोजीमा प्रहरी पनि जुटेको थियो। ७ तारिखमा बच्चीको शव उनको करिब नजिकै खुला मैदानको झाडीमा भेटिएको थियो। शवको पोष्टमार्टम सिविल अस्पतालमा गरिएको थियो।

रिपार्टेमा बच्चीको मुख धुनिएका कारण मृत्यु भएको उल्लेख गरिएको छ। मुखको वरिपरी र नाकमा चोटको निशान भेटिएको छ। उनको बलात्कार गरिएको र अप्राकृतिक यौन सम्पर्क गरेको पाइएको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले गुड्डुमुमार यादवलाई पक्राउ गरेको छ। उनी बिहार बस्दै आएका थिए। गुड्डुको परिवार बच्चीको छिमेकमा बस्दै आएका थिए। बच्चीलाई अपहरण गरिएको भिडियो सिसिक्यामेरामा पनि दृेखिएको थियो। प्रहरीले त्यसैको आधारमा गुड्डुलार्य पक्राउ गरेको हो।