पुस ९, २०८१
राष्ट्रपति द्वारा सूर्यलाई अर्घ्य  दिएर कमलपोखरीमा छठ पूजा

राष्ट्रपति द्वारा सूर्यलाई अर्घ्य दिएर कमलपोखरीमा छठ पूजा

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक हुनुभएकी राष्ट्रपति भण्डारीले सूर्यलाई अर्घ्य दिइ छठीमाईको समेत दर्शन गर्नुभयो । काठमाडौँ महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले आज राष्ट्रपति भण्डारीबाट पूजाअर्चनाबाहेकका अन्य कार्यक्रम यसपटक नगरिएको जानकारी दिनुभयो । छठ पर्वका अवसरमा यहाँ राष्ट्रप्रमुखबाट नियमित जसो नै कमलपोखरीको भ्रमण गरी पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ । अहिले यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रतालुको ठूलो भीड छ । भौतिक पूर्वाधार निर्माण गरिएको र पोखरीसमेत सफाइ गरिएकाले यसपालि कमलपोखरी आकर्षक बनेको छ ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि कमल पोखरी पुगेर छठी माईको पूजा आराधना गरेका छन् । त्यस अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलगायतको पनि उपस्थिति रहेको थियो ।

छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म काठमाडौं उपत्यकासहित तराईका विभिन्न जिल्लाहरुमा विशेष गरी रौनकताका साथ मनाईन्छ ।