पुस ९, २०८१
लिपुलेक-कालापानी क्षेत्रमा जनगणना हुने- भारतसँग कूटनीतिक पहल

लिपुलेक-कालापानी क्षेत्रमा जनगणना हुने- भारतसँग कूटनीतिक पहल

केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा गरिने राष्ट्रिय जनगणना बिक्रम संबत १९६८ देखि संचालन गर्दै आएको छ र यसको बाह्रौं श्रृंखला कार्तिक २५ देखि मंसिर ९, २०७८ सम्म सञ्चालन हुनेछ ।

तथ्याङ विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले उक्त क्षेत्रमा जनगणनाको लागि भारतसँग कूटनीतिक पहल भइरहेको बताए । गणकहरुको उपस्थितिमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको उनको भनाइ छ ।

भारतले अनुमति दिएमा गणकहरुको भौतिक उपस्थितिमै जनगणना गरिने विभागले जनाएको छ । १५ दिनभित्र भारतबाट जवाफ नदिएकाे खण्डमा सेटलाइटका माध्यमबाट जनगणना गर्ने विभागको तयारी छ ।‘उक्त क्षेत्रमा जनगणनाको लागि भारतसँग कूटनीतिक पहल भइरहेको छ, त्यो असफल भए सेटलाइटका माध्यमबाट भए पनि औसत निकालेर सो क्षेत्रमा रहेको जनसंख्याको तथ्यांक ल्याउनेछौँ ।’ श्रेष्ठले भने । 

१२ औं राष्ट्रिय जनगणनाको तयारी पूरा भएको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने भएका छन ।