मुख्यमन्त्री शाहिको पहिलो विवरण लियर कर्णाली को जनगणना सुरु
प्रदेश जनगणना कार्यालय कर्णालीका प्रमुख सहितको गणक टोलि बिहान८ बजे मुख्यमन्त्री शाहीको निवासमा गयर जनगणना सुरु गरेको हो ।
केन्दीय तथ्याङ्क विभागले हरेक दश वर्षमा गरिने राष्ट्रिय जनगणना बिक्रम संबत १९६८ देखि संचालन गर्दै आएको छ र यसको बाह्रौं श्रृंखला कार्तिक २५ देखि मंसिर ९, २०७८ सम्म सञ्चालन हुनेछ । जनगणनामा प्रत्येक घर-घरमा पुगेर ८० वटा प्रश्न सोधिने छन् । यस पटकको जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा तय गरिएको छ ।
आजदेखि राष्ट्रिय जनगणना २०७८ सुरु हुँदैछ । मुख्यमन्त्री शाहीले जनगणनाबाट आउने सही तथ्याङ्कको आधार मानेर सरकारले नीति तथा कार्यक्रम बनाउने भएकाले जनगणनालाई अपनत्व लिएर सबै नागरिकले गणकहरुलाई सहयोग गर्नुपर्ने बताए । ‘जनगणनाबाट आउने सही तथ्याङ्कलाई आधार बनाएर सम्बन्धित जाती, धार्मिक समुदाय, महिला वा फरक क्षमता भएका व्यक्तिहरुका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउने गर्दछ’ मुख्यमन्त्री शाहीले बुधबार जारी गरेको अपिलमा उल्लेख गरिएको छ, ‘त्यसैले आफुले टिपाएको सही तथ्याङ्कले आफ्नै लागि सरकारलाई नीति तथा योजना बनाउन सहयोग हुनेछ ।