पाँच लाखसहित जुवाखालबाट आठ पक्राउ
काठमाडौँको गैरीगाउँ स्थित जुवाको खालबाट रु पाँच लाखसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय नवराज पौडेलको तरकारीलगाउनलाइ भाडाकोच जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।
कौडा खेलिरहेको छन् भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट परिचालित प्रहरी टोलीले गए राति उनीहरुलाई पक्राउ गरेको हो । कौडाको खालबाट रु पाँच लाख ११ हजार ५०० नगद समेत बरामद गरिएको परिसरले आज एक विज्ञप्ति जारी गरी जानकारी दियको छ । उनीहरुको विषयमा प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ जनायको छ ।