नेप्से झिनो अङ्कले घट्यो
त्यस्तै होटेल तथा पर्यटन ३४.९९, विकास बैंक १६४.८७, वित्त २९.१८, निर्जीवन बीमा २०.० २०.०६, उत्पादन ५२.२६, अन्य ३५.४२, लघुवित्त ४.२८ अङ्कले बढेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको रु २७ करोड ३९ लाख ९३ हजार ९३ बराबरको कारोबार भयो । आइसिएफसी फाइनान्स रु २४ करोड २८ लाख ७२ हजार ६९०, नबिल बैंक रु १६ करोड ६७ लाख ६५ हजार ३६८, लुम्बिनी विकास बैंक रु १६ करोड २३ लाख ८६ हजार ८२२, र साहस ऊर्जा रु १३ करोड ४४ लाख २३ हजार ७३२ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा परेको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ८१ अर्ब ९० करोड १६ लाख १३ हजार ६८० बराबर पुगेको छ । कारोबारका आधारमा बोटलर्स तराईको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि भयो । महालक्ष्मी विकास बैंक ९.८७ र कालिका पावर कम्पनीका लगानीकर्ताले ६.०३ प्रतिशतले कमाए । त्यस्तै एचआइडिसिएल १०, सासह ऊर्जा ८.७४, नयाँ सारथी लघुवित्त ३.२६, समिट लघुवित्त ३.०५ र मैलुङ खोला जलविद्युत् कम्पनीका शेयरधनीले २.८९ प्रतिशतले गुमाए ।