श्रावण २३, २०८२
थपिए पछिल्लो २४ घण्टामा ४१६ नयाँ संक्रमित, २७० जना निकाे भए

थपिए पछिल्लो २४ घण्टामा ४१६ नयाँ संक्रमित, २७० जना निकाे भए

7-29 covid

पछिल्लो २४ घण्टामा ४१६ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा ३६७ जना र एन्टीजेन परीक्षण गर्दा ४९ जनामा कोरोना देखिएको छ । यस्तै, २७० जना निको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या सात हजार ३११ रहेको छ । कोरोनाको कारण एक जनाको मृत्यु भएको छ ।