
एक थान कटुवा पेस्तोल सहित एक पक्राउ
रुपन्देहीबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट सोही नगरपालिका बिन्दुनगर बस्ने २८ वर्षीय सन्दिप थापालाई मंगलबार राति पक्राउ गरेको हो ।
उक्त स्थानमा पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित शीर्षकहरु
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९
विश्वका सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाए एलन मस्कले
मंसिर २२, २०७९
नामिबियाद्वारा २ सय ७६ रनकाे लक्ष्य नेपाललाई
मंसिर २१, २०७९