एक थान कटुवा पेस्तोल सहित एक पक्राउ
रुपन्देहीबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट सोही नगरपालिका बिन्दुनगर बस्ने २८ वर्षीय सन्दिप थापालाई मंगलबार राति पक्राउ गरेको हो ।
उक्त स्थानमा पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९