
महिला हिंसा विरुद्ध १६ दिने अभियान आजदेखि सुरु
महिला विरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ ।‘घरैबाट शुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारा दिएर १६ दिने अभियान मनाउन सुरु गरिएको हो । हरेक वर्ष नाेभेम्बर २५ तारिखका दिन महिला हिंसा विरुद्धकाे दिवस मनाइन्छ ।
लैंगिक हिंसाको अन्त्य तथा सन् २०३० सम्म विकासोन्मुख राष्ट्रतर्फ उन्मुख हुने उद्देश्यले १६ दिने अभियान सञ्चालन हुने गरेको छ। नेपालले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान २०५४ सालदेखि मनाउँदै आइरहेको छ। १६ दिनमा विशेषगरी देशभरका स्थानीय तहमार्फत् गाउँगाउँसम्म विभिन्न कार्यक्रम गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ।
अभियान संचालन गर्न आ-आफ्नोतर्फबाट साझा प्रतिबद्धता तथा ऐक्यबद्धता जनाउन आह्वान गरियको छ। यस अभियानमा छाउपडी प्रथा, बालविवाह, बहुविवाह, दाइजो प्रथा, बोक्सो आरोप लगायतका कुचलनसम्बन्धी कर्णाली र सुदूरपश्चिम प्रदेश तथा मधेशमा केन्द्रित अन्तर्क्रिया कार्यक्रम गरिनेेछ ।