श्रावण २६, २०८२
१०० बेडको अस्पताल स्थापनाका लागि सरल व्यवस्था

१०० बेडको अस्पताल स्थापनाका लागि सरल व्यवस्था

बैंकको नीतिअनुसार त्यस्तो कर्जा दिँदा आधारदरमा अधिकतम दुई प्रतिशत बिन्दुसम्म मात्रै प्रिमियम थप गर्न पाइनेछ । त्यस्तो कर्जा रु २० करोडसम्म प्रवाह गर्ने व्यवस्था गरिएको छ । सो व्यवस्था कार्यान्वयनका लागि आवश्यक निर्देशन जारी गरिएको केन्द्रीय बैंकले जनाएको छ । शेयर कर्जाको सीमा परिवर्तन भएन यस्तै बैंकले शेयर धितो कर्जामा रहेको न्यूनतम रु चार करोड र अधिकतम रु १२ करोडको सीमालाई भने यथावत् नै राखिएको छ । शेयर धितो कर्जाका हकमा एउटा बैंक तथा वित्तीय संस्थाबाट रु चार करोड र परिवारका अन्य सदस्यसमेत रहने गरी रु १२ करोडसम्म कर्जा लिन पाउने व्यवस्था मौद्रिक नीतिमा गरिएको थियो । उक्त नीतिको सम्बन्धमा शेयर लगानीकर्ताले गुनासो गर्दै आएका थिए । त्यस्तै बैंकले कर्जा निक्षेप अनुपात (सिडी रेसियो)का सम्बन्धमा पनि कुनै परिवर्तन गरेकोे छैन । यसैगरी ब्रोडब्याण्ड प्रवद्र्धन गरी सर्वसाधारणमा इन्टरनेटको पहुँच पु¥याउने गरी दुर्गम स्थानमा सेवा पु¥याउने इन्टरनेट सेवा प्रदायक संस्थालाई विशेष पुनरकर्जा उपलब्ध गराउनका लागि पुनरकर्जा कार्यविधिमा संशोधन गरिएको छ । ब्याज पूँजीकरण गर्न केन्द्रीय बैंकबाट पूर्वस्वीकृति प्राप्त ग्रेस अवधिमा रहेका निर्माणाधीन आयोजनामा प्रवाहित कर्जाको २०७९ असार मसान्तसम्म पाकेको ब्याज पूँजीकरण गर्न सकिने गरी निर्देशन जारी गरिएको छ ।उता विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि आवश्यक चार्जिङ स्टेशन निर्माण गर्न पनि सरल पारिएको छ । आवश्यक चार्जिङ स्टेशन स्थापनाका लागि प्रवाह हुने कर्जामा पुनरकर्जा उपलब्ध हुने गरी पुनरकर्जा कार्यविधि संशोधन गरिएको छ ।