श्रावण २६, २०८२
नेपाल प्रहरीको सहयोगमा सामग्री रसुवा पुग्यो

नेपाल प्रहरीको सहयोगमा सामग्री रसुवा पुग्यो

रसुवागढी आइपुगेको सामग्रीको भन्सार छुटका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिसकेकाले दुई÷चार दिनमा प्रक्रिया पूरा हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले बताउनुभयो । तीन दिनअघि नेपाल प्रहरीका नाउँमा रसुवागढी आइपुगेको ती सामग्री भन्सार जाँच पास गर्न अर्थ मन्त्रालयको आदेश पर्खाइमा रहेको भन्सार अधिकारीले बताएका छन् । चीन सरकारको सहयोगमा प्राप्त सामग्री करिब तीन टु टन (सानाखाले मिनी तीन ट्रक ) भएको प्रहरीले जनाएको छ ।