
सुनको मूल्य बढ्यो, चाँदीको भाउ गिर्यो
आइतबार सुनको मूल्यबृद्धि भएको छ भने चाँदीको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर ९२ हजार एक सयमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार नौ सयमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ६ सयमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य भने घटेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २१० मा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो ।