श्रावण २६, २०८२
२३८ मा कोरोना सङ्क्रमण पुष्टि

२३८ मा कोरोना सङ्क्रमण पुष्टि

यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ३९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ५८७ पुगेको छ । पछिल्लो समय थप ३९२ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख चार हजार २०८ पुगेको छ । निको हुनेदर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पाँचको मृत्यु पछिल्लो २४ घण्टामा कोरोनाबाट पाँच जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४० पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ३० हजार ६८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ५४४ रहेको छ । हाल होमआइसोलेशनमा छ हजार ३९७, संस्थागत आइसोलेशनमा ३४७, सघन उपचारकक्षमा १०६ र भेन्टिलेटरमा ३२ जनाको उपचार हुँदैछ ।