जेसीज साप्ताह : युवा सम्मान गरि सम्पन
सुर्खेत | जेसीआई बिरेन्द्रनगरले जेसीज सप्ताह २०२१ अन्तर्गत ७ वटा कार्यक्रम गरि मनाएको छ । जेसीज सप्ताहलाई आफ्नो महत्वपुर्ण चाडका रुपमा मनाउने जेसीआई बिरेन्द्रनगरले १५ गते बुधबार देखि सुरु गरेको जेसीज सप्ताह गजल वाचन तथा युवा सम्मान कार्यक्रम गरि १८ गते सनिवार साँझ सम्पन्न गरेको हो मानवसेवा आश्रम सुर्खेतमा फलफुल वितरण गरि कार्यक्रमको सुरुवात गरियको थियो
जेसीज सप्ताह कार्यक्रम अन्तर्गत फलफुल वितरण, ट्राफिक सचेतना , माक्स वितरण तथा कोरोना सचेतन ,रक्तदान ,सरसफाई , खुल्ला गजल तथा युवा सम्मान कार्यक्रम गरिएको हो | बिरेन्द्रनगर जेसिजले हरेक वर्ष जेसिज सप्ताहमा २ जना युवा लाइ सम्मान गर्दै आइरहेको बिरेन्द्रनगर जेसिज वर्ष २०२१ का अध्यक्ष जेसि कमल प्रसाद लामिछानेले जानकारी दिनु भयो |
कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता धुर्ब कुमार श्रेष्ठको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।न्यायाधिवक्ता श्रेष्ठले जेसिज ले बिधिको सासन लाइ आत्मसाथ गर्ने हुदा सबै लाइ जेसिज को अनुकरण गर्न आग्रह गर्नु भयो |
समाजका विभिन्न विधामा सकारात्मक काम गरेका युवा हरुलाई जेसिज युवा सम्मानित् गर्ने गरेको छ | यो वर्ष खेलकुद र स्वाथ्य क्षेत्रमा क्रियासिल दुइ युवा लाइ सम्मानित गरेको छ | खेलकुद विधामा प्रकाश खड्का र स्वास्थ्य विधामा डा. निधि थापा सम्मानित हुनु भयको छ |
उक्त, समापन कार्यक्रममा कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी (अमृति), म.प गजल मन्चका अध्यक्ष धिरेन थापा (अनुपम),लायन्स क्लब अफ कर्णालीका अध्यक्ष गायत्री राना निवर्तमान अध्यक्ष शिवराज घिमिरे, बिरेन्द्रनगर जेसीसका पूर्व अध्यक्ष निशा सुबेदी , विभिन्न जेसीसका अध्यक्षहरु एवम पदाधिकारी , राजनीतिक दलका प्रमुख एवम पर्तिनिधी ,विभिन्न सामाजिक संघसंस्थाका अध्यक्षहरु र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम बिरेन्द्रनगर जेसिजका अध्यक्ष कमल लामिछानेको अध्यक्षयता ,जेसिज सप्ताह मुल सयोजक कार्यकारिणी उपाध्यक्ष सैलेन्द्र पाठक र महासचिव हिक्मत सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भयको थियो ।