श्रावण २२, २०८२
कक्षा १२ को शैक्षिक प्रमाणपत्र लिनका लागि बोर्डले तोक्यो मापदण्ड

कक्षा १२ को शैक्षिक प्रमाणपत्र लिनका लागि बोर्डले तोक्यो मापदण्ड

काठमाडौं/१९ मंसिर–राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तह कक्षा १२ को परीक्षाफल सार्वजनिक गरिसकेको छ ।

नतिजा प्रकाशनपछि पनिकाले बोर्डबाट उपलब्ध गराइने शैक्षिक प्रमाणपत्रहरु ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल लिनका लागि मापदण्डहरु बनाएको छ । बोर्डले यी शैक्षिक प्रमाणपत्र लिनका लागि ११ सय रुपैयाँ शुल्क तोकिदिएको छ । यो भन्दा बढी शुल्क नलिन बोर्डले विद्यालयहरुसँग आग्रह समेत गरेको छ ।

 शैक्षिक प्रमाणपत्र लिने मापदण्ड के के ?

१ अक्षराङ्कन पद्दति (रजिस्ट्रेसन नम्बरको सुरुको दुई अङ्क ७३ वा सो भन्दा कम भएका) अनुरुप परीक्षमा सहभागी विद्यार्थीहरुले कक्षा ११ र १२ का सबै विषयमा उत्तर्णी (सैद्धान्तिक तर्फ न्युनतम ३५ प्रतिशत र प्रयोगात्मक तर्फ न्युनतम ४० प्रतिशत अङ्क प्राप्त गरेको) भए पश्चात मात्र शैक्षिक प्रमाणपत्रका लागि निवेदन पेस गर्नुपर्ने छ । सबै विषयमा उत्तर्णी नभई रकम दाखिला गरेमा उक्त रकम फिर्ता हुने छैन ।

२ अक्षराङ्कन पद्दति (रजिस्ट्रेसन नम्बरको सुरुको दुई अङ्क ७४ वा सो भन्दा बढी भएका) अनुरुप परीक्षमा सहभागी विद्यार्थीहरुले कक्षा ११ र १२ का सम्पूर्ण विषयमा सैद्धान्तिक तर्फ न्युनतम डी प्लस र प्रयोगात्मक तर्फ न्युनतम सी ग्रेड प्राप्त गरेका विद्यार्थीहरुले मात्र शैक्षिक प्रमाणपत्रका लागि निवेदन पेस गर्नुपर्नेछ । कुनै विद्यार्थीले तोकिएको ग्रेड प्राप्त नगरी रकम दाखिला गरेमा उक्त रकम फिर्ता हुने छैन ।

३ शैक्षिक योग्यताका प्रमाणपत्र लिई सकेका विद्यार्थीहरुले ग्रेडबृद्धि परीक्षा दिन पाउने छैनन् । साथै कुनै विषयमा सी वा डी प्लस प्राप्त गरी पुनः ग्रेडबृद्धिका लागि परीक्षा दिने विद्यार्थीहरुले ग्रेडबृद्धि परीक्षाको नतिजा आउनुपूर्व नै शैक्षिक प्रमाणपत्र लिएको खण्डमा पछिल्लो पटक दिइएको ग्रेडबृद्धि परीक्षाको परीक्षाफल समावेश नहँने हँदा त्यस्ता विद्यार्थीहरुले ग्रेडबृद्धि परीक्षाको नतिजा प्राप्त भए पश्चात मात्र शैक्षिक योग्यताका प्रमाणपत्रका लागि निवेदन पेस गर्नुपर्ने छ ।

४ शैक्षिक प्रमाणपत्रहरु (ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल क्रमशः रु ३५०, रु ४००, रु ३५०) बापत रु १,१०० शुल्क लाग्ने छ । कक्षा १२ को ग्रेडबृद्धि (मौका) परीक्षाबाट उत्तर्णी भएका विद्यार्थीहरुका लागि थप रु ३५० बुझाउनु पर्ने छ । विद्यालयले विद्यार्थीहरुसँग तोकिए भन्दा बढी शुल्क लिन पाइने छैन ।