पुस ९, २०८१
अफगानिस्तानको कृषि मन्त्रालयद्धारा रोजगारी सिर्जना र खाद्य संकट हटाउने कार्यक्रम

अफगानिस्तानको कृषि मन्त्रालयद्धारा रोजगारी सिर्जना र खाद्य संकट हटाउने कार्यक्रम

उक्त कार्यक्रमलाई देशव्यापी रुपमा कार्यान्वयनमा ल्याइने र यसका माध्यमबाट अफगानिस्तानमा बेरोजगारी हटाई गरिबी निवारण गरिने कार्यक्रम रहेको सो मन्त्रालयले जनाएको छ ।अफगानिस्तानको काम चलाउ सरकारको मन्त्रिपरिषदले पारित गरेर सो कार्यक्रम सञ्चालनको घोषणा गरिएको पनि कृषि तथा पशुपालन मन्त्रालयले जानकारी दिएको छ । यस अन्तर्गत अबका एक दुई दिनमै अफगानिस्तानमा कामका लागि खाद्यान्न कार्यक्रम घोषणा गरिने छ र यसअन्तर्गत लाखौँ मानिसहरुलाई काम लगाइने छ ।उनीहरुले काम गरेबापत खाद्यान्न प्राप्त गर्नेछन् । यसबाट यहाँ अहिले देखिएको खाद्यान्नको संकट पनि हट्ने बताइएको छ । प्राप्त समाचारअनुसार सो कार्यक्रममा सोमबार नै अफगानिस्तानको राजधानी काबुलमा काम थालिने छ । कृषि मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार काबुलमा कम्तीमा पनि ४० हजार जना मानिस यस कार्यक्रम अन्तर्गत काम गर्नेछन् । यसमार्फत् उनीहरुले चामल, गहुँको पिठोलगायतका खाद्यान्न पाउने छन् ।