.jpg)
उपकुलपतिमा डा महतो नियुक्त
प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा वैद्यनाथ महतोलाई नियुक्त गरेको छ । सहकुलपति तथा सामाजिक विकासमन्त्री नवलकिशोर साहको सिफारिसमा कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री लालबाबु राउतले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा महतोलाई नियुक्त गर्नुभएको हो ।
कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालनको सुरुआतको सिलसिलामा प्रदेश २ का नीति तथा योजना आयोगका पूर्वसदस्यसमेत रहनुभएका सिरहाको मिर्चैया नगरपालिका–२ निवासी डा महतोलाई उपकुलपतिमा नियुक्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९
विश्वका सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाए एलन मस्कले
मंसिर २२, २०७९
नामिबियाद्वारा २ सय ७६ रनकाे लक्ष्य नेपाललाई
मंसिर २१, २०७९