श्रावण २२, २०८२
नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ कलेजलाई सीटीईभीटीको निर्देशन

नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ कलेजलाई सीटीईभीटीको निर्देशन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले नर्सिङको प्रमाणपत्र तहमा शैक्षिक सत्र २०७८-०७९ का लागि भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको छ ।

प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको विद्यार्थी भर्ना प्रक्रिया स्थगन गरिएका शिक्षण संस्थाहरु:
१. नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि., मोरङ
२. नेसनल मेडिकल कलेज,पर्सा
३. बि.एण्ड.बि. नर्सिङ कलेज, ललितपुर
४. नागरीक कम्युनिटि टिचिङ हस्पिटल, भक्तपुर
५. नारायणी सामुदायिक हस्पिटल, चितवन
६. कलेज अफ मेडिकल साइन्स, चितवन
७. अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्स, ललितपुर
८. नेपाली सेना स्वस्थ्य विज्ञान संस्थान, काठमाडौं
९.काठमाडौं मोडेल हस्पिटल स्कुल अफ नर्सिङ, काठमाडौं
१०. मनमोहन मेमोरियल इन्स्टिच्युट अफ मेडिकल साइन्स, ललितपुर
११.ओम हेल्थ क्याम्पस, काठमाडौं
१२. मणिपाल कलेज अफ मेडिकल साइन्स, कास्की
१३. लुम्बिनि मेडिकल कलेज एन्ड रिसर्च अस्पताल,पाल्पा
१४. देवदह मेडिकल कलेज एन्ड रिसर्च सेन्टर, रुपन्देही
१५. नेपालगञ्ज नर्सिङ क्याम्पस, बाँके

सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यलयले सूचना जारी गर्दै नर्सिङको प्रमाणपत्र तहमा शैक्षिक सत्र २०७८-०७९ का लागि भर्ना नलि ती कलेजलाई निर्देशन दिएको हाे ।

ती कलेजले नर्सिङको प्रमाणपत्र तहमा पढाइ सञ्चालन गर्नु चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णयको प्रतिकुल हुने सीटीईभीटीले जनाएको छ ।

त्यस्तै ती कलेजले प्रमाणपत्र तहको नर्सिङमा भर्नाका लागि विद्यार्थीबाट लिएको शुल्क पनि फिर्ता गर्नुपर्ने सीटीईभीटीले जनाएको छ ।

ctevt notive